२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन् । पूर्वकर्मचारीलाई बुझाउनुपर्ने १ लाख ५० हजार रकम बुझाएपछि उनी रिहा भएका हुन् ।
पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको थियो ।
पौडेललाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । जनता टेलिभिजनका कर्मचारीले पौडेलविरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij