Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

कांग्रेस इतर समूहले महाधिवेशन रोक्न शुक्रबार सर्वोच्चमा रिट दायर गर्ने

कांग्रेस इतर समूहले महाधिवेशन रोक्न शुक्रबार सर्वोच्चमा रिट दायर गर्ने


  • 1.2K
    Shares

    कांग्रेस इतर समूहले महाधिवेशन रोक्न शुक्रबार सर्वोच्चमा रिट दायर गर्ने
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।

    महाराजगञ्जस्थित डा। शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि ३ दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानुनी उपचार खोज्न सर्वोच्च अदालतमा रिट दायर गर्ने निष्कर्ष निकालेको हो । 

    इतर समूहका नेता एनपी साउदले शुक्रबार सर्वोच्चमा रिट दायर गरिने जानकारी दिएका छन् । यसैगरी, प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले पनि महाधिवेशन रोक्न माग गर्दै शुक्रबार निवेदन दर्ता हुने जानकारी दिएका छन्। 

    पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा सर्वोच्चमा पुनः सुनुवाइको अनुमति दिएपछि त्यसको टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अगाडि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने इतर समूहले निर्णय गरेको हो । 

    महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्ने निर्णय पनि इतर समूहको छ ।

    कांग्रेसको निर्वाचन समितिले मंगलबार १५ औँ महाधिवेशनको कार्यतालिका निकाल्दै आगामी भदौ २४ गते वडा अधिवेशन सुरु गर्ने गरी महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । 

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १६:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij