Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा काठमाडौंमा पनि प्रदर्शन (तस्वीरहरू)

बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा काठमाडौंमा पनि प्रदर्शन (तस्वीरहरू)


  • 1.4K
    Shares

    बारामा तीन वर्षीया बालिकाको हत्याको विरोधमा काठमाडौंमा पनि प्रदर्शन (तस्वीरहरू)
    images

    काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।  घटनामा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्वतन्त्र युवाहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।

    बालिका हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड दुई दिनदेखि अवरुद्ध भएको छ। प्रदर्शनका कारण बिहीबार जीतपुरसिमराका सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहे भने वीरगञ्ज भन्सारबाट छुटेका सयौँ मालवाहक सवारी साधन दुई दिनदेखि सडकमै अलपत्र परेका छन्।

    इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। प्रहरीले खोजीमा आवश्यक समन्वय नगरेको भन्दै आक्रोशित स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन्। 

    g1.JPG

    g2.JPG

    g3.JPG

     

    g4.JPGg5.JPG

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १५:४०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij