२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल पक्राउ गरेको छ ।
पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो । उनीमाथि दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजारको चेक बाउन्सको मुद्दा दायर गरेका थिए ।
जनता टेलिभिजनमा पूर्वपत्रकार, पूर्वकर्मचारीहरूले पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्दै आएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij