Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

एनजीओलाई मात्रै दोष दिन मिल्दैन: सांसद रानामगर

एनजीओलाई मात्रै दोष दिन मिल्दैन: सांसद रानामगर


  • 575
    Shares

    एनजीओलाई मात्रै दोष दिन मिल्दैन: सांसद रानामगर
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगरले गैरसरकारी संस्था ९एनजीओ० लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन् । 

    बिहीवार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारीसमेत वहन गरिरहेको बताएकी हुन् । उनले अरुलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताइन् । 

    उनले एनजिओ तथा आईएनजिओले सरकारले गर्न नसकेका कामहरु गरिरहेको दाबी गरीन् । राम्रा काम गर्ने एनजीओलाई नियन्त्रणभन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उनको भनाई छ । उनले एनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता र अनुगमन आवश्यक रहेको बताइन्। 

    उनले भने, ‘हामी बोल्न त सबैलाई आउँछ, होइन रु जम्मैले अरुलाई दोष दिन त आउँछ । तर जिम्मेवारी हामी कति लिएका छौँ, भन्ने कुरामा चाहिँ ठूलो कुरा हो । संविधानले दिएको अधिकार प्रयोग गरेर आईएनजीओ, एनजीओले काम गरिरहेको छ । एनजीओमा म ३५ वर्ष काम गर्ने मान्छे पनि म नै हो, अरुलाई दोष दिनुभन्दा पहिला गभर्मेन्टले जिम्मेवारी लिनु प¥यो । अब त्याग गर्ने हो भने यो सबै जिम्मा लिनु प¥यो, आज बच्चाहरु जेलका बच्चाहरुलाई पुरा अलावन्स, चाइल्ड प्रोटेक्सन ल बनाउनु प¥यो । प्रत्येक बच्चालाई खाने र बस्ने, स्कुल जाने त्यो फ्रि गर्नु प¥यो, सरकारले । नभए एनजीओहरुले आफ्नो तरिकाले गरिररहेको छ । यस्तो दुःख पनि दिनु हुँदैन । आफू पनि हामी गर्न नसक्ने, अरु गर्ने मान्छेलाई पनि सहज नगर्दिने । खाली ब्लेम लाएर हुन्छ रु यहाँ ब्लेम लाउने मान्छेहरु आफै मिल्छन् होला सायद । त्यसकारण त्यसरी पनि हामीले बायस गर्नु हुँदैन । प्राइभेट सेक्टर र एनजीओ, सिभिल सोसाइटीले गर्दा नै अहिले यो देश थामिएको छ ।’

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १३:२६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij