Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सातदोबाटोका डीएसपी सिंह उत्कृष्ट प्रहरी घोषित

सातदोबाटोका डीएसपी सिंह उत्कृष्ट प्रहरी घोषित


  • 435
    Shares

    सातदोबाटोका डीएसपी सिंह उत्कृष्ट प्रहरी घोषित
    images

    काठमाडौं । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । 

    सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

    साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले डीएसपी सिंहलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका छन् । 

    फरार प्रतिवादी नियन्त्रण, चोरी तथा लागुऔषध र जुवातास नियन्त्रणमा डीएसपी सिंहले उत्कृष्ट काम गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

     

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १२:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij