Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

रास्वपाको विधान संशोधन कार्यदलको बैठक आज बस्दै

रास्वपाको विधान संशोधन कार्यदलको बैठक आज बस्दै


  • 1.1K
    Shares

    रास्वपाको विधान संशोधन कार्यदलको बैठक आज बस्दै
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधान संशोधन कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपा सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए ।

    पार्टी सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

    पछिल्लो समय सत्ता पक्षकै सांसदहरूको गतिविधि अराजक बन्दै गएको भन्दै संसदीय मर्यादा कायम राख्न विधान संशोधन गर्न लागिएको सचेतक परियारले बताए । उनका अनुसार कार्यदलले पूर्णता समेत पाइसकेको छ ।

    कार्यदलमा कवीन्द्र बुर्लाकोटी संयोजक तथा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, डा. राम लामा, टीका संग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ सदस्य रहेका छन् ।

    बैठकमा पार्टीको विधानमा आवश्यक संशोधन तथा संसदीय गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - ११:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij