Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत


  • 1.0K
    Shares

    कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
    images

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका सांसदले उनलाई विश्वासको मत दिएका हुन्।

    उनको पक्षमा २१ र विपक्षमा १३ मत परेको छ । यस्तै दुई मत तटस्थ रहेको छ । शाहीले सोमबार विश्वासको मत पाउँ भनेर प्रदेश सभा समक्ष पत्र दर्ता गराएका थिए।

    बुधबार उक्त विश्वासको प्रस्तावमाथि छलफल भएको थियो। ४० सदस्यीय प्रदेश सभामा नेकपा एमालेका सभामुखसहित १०, नेपाली कम्युनिस्ट पार्टीका १४, कांग्रेसको १५, राप्रपाको १ जना सांसद छन्। 

    नेपाली कांग्रेस र राप्रपाले विपक्षमा मतदान गरेका थिए। साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका शाहीले २३ दिनपछि संसद्‌बाट विश्वासको मत लिएका हुन्। मतदानमा ३६ जना सांसद सहभागी थिए।  

     

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १८:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij