२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक ५ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको हो।
शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक वृद्धि गरिएको जानकारी दिए।
सरकारको यो निर्णयसँगै देशभरका सामुदायिक विद्यालयमा कार्यरत उक्त कर्मचारीहरूले थप सुविधा पाउने भएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij