Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश


  • 2.0K
    Shares

    किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
    images

    काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रा.लि. का अध्यक्ष एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न र कुनै पनि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो।

    जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गर्न सक्ने र वैयक्तिक स्वतन्त्रतामा असर पर्न सक्ने भन्दै श्रेष्ठले निषेधाज्ञाको माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म श्रेष्ठलाई धरपकड नगर्न, पक्राउ नगर्न र थुनामा नराख्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ ।

    उच्च अदालतले आफ्नो आदेशमा जनआस्था साप्ताहिकमा प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिल नेपालमा उजुरी परेको र सो विषयमा काउन्सिलले कारबाही अघि बढाइसकेको कुरालाई आधार बनाएको छ। प्रेस काउन्सिलमा उजुरी परी कारबाहीयुक्त अवस्थामा रहेको र सोको टुङ्गो नलागेको अवस्थामा प्रहरीले धरपकड गर्नु न्यायोचित नहुने अदालतको ठहर छ।

    विचार र अभिव्यक्तिको स्वतन्त्रता साथै सञ्चारको हकसम्बन्धी संवैधानिक प्रावधानलाई उद्धृत गर्दै सञ्चार माध्यममा प्रकाशित सामग्रीकै आधारमा पत्रकारलाई पक्राउ गर्नु संवैधानिक हक विपरीत हुने उच्च अदालतले पनि उल्लेख गरिएको छ। अदालतले सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिरहरूलाई समेत आधार मान्दै श्रेष्ठको पक्षमा यो आदेश जारी गरेको हो।

    उपसभामुख रुवीकुमारी ठाकुरले आफूसँग जोडिएको एक समाचार सामग्रीको विषयलाई लिएर ललितपुर प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले पक्राउको अनुमति मागेपनि ललितपुर अदालतले कागजात नपुगेको भन्दै मिसिल फिर्ता गरेको थियो ।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १७:४२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij