Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

प्रधानमन्त्री शाहसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री शाहसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता


  • 645
    Shares

    प्रधानमन्त्री शाहसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । 

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

    सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । बुधबार नै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १७:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij