२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भदौ ९ गतेदेखि १४ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीको टाइटल स्पोन्सर एचपी लुब्रिकेन्ट्स रहेको छ । नाडाको ५०औं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको अटो शोको १८औं संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाबारे जानकारी लिन उपभोक्ता र व्यवसायीले प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहने छन् भने तीमध्ये २३ वटा ब्रान्डका प्यासेन्जर कार तथा भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बिमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, एक्सेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका स्टल रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेटलगायतका उत्पादनसमेत प्रदर्शन गरिनेछ । आयोजकले ‘मेड इन नेपालरमेड फर नेपाल’ पभिलियनमार्फत स्वदेशमै उत्पादन भएका तथा नेपाली बजारलाई लक्षित उत्पादनलाई प्राथमिकता दिने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij