Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

एमाले नेता बादलको आरोप : मुलुकमा बालेन्द्रतन्त्र हाबी भयो, लोकतन्त्र संकटमा पर्‍यो

एमाले नेता बादलको आरोप : मुलुकमा बालेन्द्रतन्त्र हाबी भयो, लोकतन्त्र संकटमा पर्‍यो


  • 463
    Shares

    एमाले नेता बादलको आरोप : मुलुकमा बालेन्द्रतन्त्र हाबी भयो, लोकतन्त्र संकटमा पर्‍यो
    images

    काठमाडौं । विपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको कार्यशैलीमाथि कडा प्रहार गर्दै मुलुकमा बालेन्द्रतन्त्र हाबी भएको बताएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा गम्भीर सङ्कट पैदा भएको दाबी गरेका छन् । 

    नेता बादलले नेपालको लोकतान्त्रिक इतिहासकै सर्वाधिक कठिन समय आएको उल्लेख गर्दै अहिलेको शासन सत्तालाई बालेन्द्रतन्त्र को संज्ञा दिएका छन् । उनले भने, ‘२०१७ सालमा महेन्द्रतन्त्र र २०६१ सालमा ज्ञानेन्द्रतन्त्र आएजस्तै अहिले मुलुकमा बालेन्द्रतन्त्र स्थापित भएको छ ।’ 

    प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार अधिनायकवादतिर उन्मुख भएको र यसले लोकतन्त्रलाई संकटमा पारेको उनको आरोप छ।

    नेता बादलले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको बताएका छन् । विशेष गरी गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफप्रति उनले आपत्ति जनाएका छन् ।  

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १६:५४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij