Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग


  • 680
    Shares

    बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग
    images

    काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छटानविन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । 

    बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद डा। शाहजान खातुनले ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताए। उनले हाम्रो छोरीहरु कहाँ सुरक्षित छन् रु भन्दै सरकारलाई प्रश्न समेत गरे । सांसद खातुनले बलात्कारजस्ता जघन्य अपराधका घटनामा कानून बनाएर मात्र नपुग्ने भन्दै त्यसको कठोर कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए। 

    उनले छोरीको जीवनभन्दा ठूलो केही नहुने भन्दै अपराधीलाई, उमेर, लिंग वा शक्तिका आधारमा उम्किन दिन नहुने बताए । उनले बालिका तथा महिलामाथी हुने यौन हिंसाका घटनामा शुन्य सहनशीलताको नीति लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराए । उनले कानून बनाई बलात्कारीलाई फाँसीको सजाय गर्ने व्यवस्था गर्न समेत माग गरे।

    रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा प्रहरी प्रशासनले लापरवाही गरिरहेको आरोप लगाए । उनले घटना दर्ता भएपछि पनि प्रहरीले सक्रिय नहुनु गम्भीर विषय भएको बताए । उनले प्रहरीको एक्सन लग सार्वजनिक गरी दोषि प्रहरीमाथि कारबाही समेत माग गरे ।

    बाराको जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलवार एउटा घरको खाली कोठामा फेला परेको थियो ।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १६:४५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij