Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

‘न्यु फेमिली गर्ल्स होस्टल’लाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

‘न्यु फेमिली गर्ल्स होस्टल’लाई ३ लाख जरिवाना, सञ्चालनमा रोक


  • 512
    Shares

    ‘न्यु फेमिली गर्ल्स होस्टल’लाई ३ लाख जरिवाना, सञ्चालनमा रोक
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका–३२ मा सञ्चालित ‘न्यु फेमिली गर्ल्स होस्टल’ लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सञ्चालनमा रोक लगाउँदै तीन लाख रुपैयाँ जरिवाना गरेको छ । 

    आज मङ्गलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौं महानगरपालिका र होस्टल व्यवसायी संघ नेपालको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा सो होस्टलमा अनियमितता भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम यो कारबाही गरिएको हो ।

    अनुगमनका क्रममा होस्टलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना नगरेको, अनुमति नलिई वडामा मात्र दर्ता गरेर चलाएको पाइएको थियो । यस्तै, विद्यार्थीहरूलाई गुणस्तरहीन खाना खुवाएको र भर्ना गर्दा प्यान बिल जारी नगरेको पाइएको छ ।

    साथै, होस्टलमा जिम्मेवार वार्डेन नभएको, विद्यार्थीहरूसँग गैरजिम्मेवारपूर्ण व्यवहार गर्दै मानसिक यातना दिने गरेको, सीसीटिभी सर्भिलियन्स नराखेको र रातिको समयमा छात्राहरूलाई अमर्यादित ढङ्गले जबरजस्ती बाहिर निस्कन बाध्य पारिएको जस्ता कैफियतहरू फेला परेका छन् ।

    होस्टललाई हाल सञ्चालनमा रोक लगाई थप आवश्यक कारबाहीका लागि ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

    774718886_1067773435791439_9482075178729616_n_6dDI7H2CGj.jpg

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १६:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij