Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

चिठ्ठामा परेर आएको’ भनाइप्रति आशिका तामाङको नियमापत्ति

चिठ्ठामा परेर आएको’ भनाइप्रति आशिका तामाङको नियमापत्ति


  • 848
    Shares

    चिठ्ठामा परेर आएको’ भनाइप्रति आशिका तामाङको नियमापत्ति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीको भनाइप्रति प्रतिनिधि सभा बैठकमा नियमापत्ति जनाएकी छन्।

    बुधबारको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद् आएको टिप्पणी गरेपछि सांसद तामाङले उक्त भनाइको विरोध गरेकी हुन्।

    तामाङले आफूहरू चिठ्ठा वा संयोगबाट नभई जनताको अमूल्य मतबाट निर्वाचित भएर संसद् आएको बताइन्। उनले भनिन्, “तपाईंहरूजस्तै हामीलाई पनि जनताले जिताएर पठाएको हो, हामी अपमानजनक शब्द सुन्न यहाँ आएका होइनौँ।”

    उनले संसद्मा बोल्दा तथ्य र प्रमाणमा आधारित भएर बोल्न आग्रह गर्दै ‘चिठ्ठामा परेर आएको’ भन्ने भनाइको प्रमाण माग गरिन्।

    सांसद तामाङले उक्त शब्द असंसदीय र अपमानजनक भएको भन्दै सभामुखसँग संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १६:३३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij