Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

अग्रगामी मोर्चाको सङ्गठन स्थानीय तहसम्म विस्तार हुने

अग्रगामी मोर्चाको सङ्गठन स्थानीय तहसम्म विस्तार हुने


  • 911
    Shares

    अग्रगामी मोर्चाको सङ्गठन स्थानीय तहसम्म विस्तार हुने
    images

    काठमाडौं । नौ दलीय अग्रगामी मोर्चाले आफ्नो सङ्गठनलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्दै जनताका बिचमा राजनीतिक तथा सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने निर्णय गरेको छ। 

    बैठकले प्रदेशहरूमा मोर्चा गठन गर्ने कार्ययोजना तथा मिति तय गरिसकेको छ।

    नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीका अनुसार किसान, युवा, विद्यार्थी, महिला तथा सूचना(प्रविधिलगायत विभिन्न क्षेत्रलाई समेटेर छुट्टाछुट्टै मोर्चा र अभियान सञ्चालन गर्ने निर्णय भएको छ। मोर्चाले जनजीविका, रोजगारी, सुशासन, सामाजिक न्याय, समानता, अधिकार र समावेशिताका सवाललाई प्राथमिकतामा राखेर देशव्यापी जनजागरणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    बैठकले सङ्गठनलाई व्यवस्थित र मर्यादित बनाउन सञ्चालन कार्यविधि तथा आचारसंहिता पारित गरेको छ। अग्रगामी मोर्चाले ‘वर्तमान राजनीतिक परिस्थितिबारे आम जनतालाई सुसूचित गराउने’ र ‘जनताका वास्तविक समस्या तथा राजनीतिक सङ्कटबिचको सम्बन्धबारे बहस सिर्जना गर्ने’ प्रतिबद्धता जनाएको छ।

     

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १५:०९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij