Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सर्पले टोकेर वैशाखयता ६६ जनाको मृत्यु

सर्पले टोकेर वैशाखयता ६६ जनाको मृत्यु


  • 806
    Shares

    सर्पले टोकेर वैशाखयता ६६ जनाको मृत्यु
    images

    काठमाडौं । सर्पको टोकाइबाट पछिल्लो चार महिनामा देशभर ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म सर्पदंशका कारण ६६ जनाले ज्यान गुमाएका हुन् ।

    महाशाखाका अनुसार सो अवधिमा देशभर ९ सय ५६ जनालाई सर्पले टोकेको छ । सर्पले टोकेका सबै व्यक्तिमा विषको असर देखिँदैन । तथ्यांकअनुसार सर्पदंश भएका प्रत्येक १ सय जनामध्ये करिब १० देखि १२ जनामा मात्रै विषको लक्षण देखिने गर्छ ।

    विषको लक्षण देखिएका बिरामीलाई तत्कालै एन्टिभेनम दिएर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । समयमै उपचार पाएमा सर्पदंशबाट हुने जोखिम कम गर्न सकिने जनाइएको छ ।

    स्वास्थ्य सेवा विभागले सर्पदंश उपचारका लागि आवश्यक एन्टिभेनमको आपूर्ति समेत व्यवस्थापन गरेको छ । नियमित खरिद प्रक्रियाअन्तर्गत खरिद गरिएको ८ हजार २ सय भायल एन्टिभेनम सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिएको विभागले जनाएको छ ।

    यस्तै, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन समेत केन्द्रीय भ्याक्सिन स्टोरमा मौज्दात रहेको जनाइएको छ । विभागले सर्पदंशबाट बच्न सतर्कता अपनाउन र टोकेलगत्तै नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार लिन आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १४:४९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij