Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित

इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित


  • 519
    Shares

    इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरी घोषित
    images

    काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज खत्री उत्कृष्ट प्रहरी घोषित भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खत्रीलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो ।

    अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरमा कार्यरत खत्रीले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।

    इन्स्पेक्टरले खत्रीले गुण्डागर्दी, अपहरण, हत्या जस्ता जघन्य अपराधको अनुसन्धान गरेका छन् । अपराध अनुसन्धानमा खत्री अब्बल मानिन्छन् ।

    उनैको टिमले केही दिनअघि मात्रै कलंकीबाट युवक अपहरण गरेर नागार्जुन लगी बन्धक बनाएको घटनाको सफल अनुसन्धान गरेको थियो ।

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १४:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij