२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सांसद किरण थापाले बहुमतसहित दाबी पेस गरेका छन् । उनले प्रदेशसभाका ६३ सांसदको समर्थनमा सरकारमा दाबी गरेका हुन् ।
उनले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी गरेका छन् । ३ दलको संसदीय दलका नेताको हस्ताक्षरमा नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकार गठनका लागि दाबी गरिए पनि उनको नियुक्ति र शपथ ग्रहण भने बिहीबार मात्रै हुने भएको छ ।
प्रदेश प्रमुख देवकोटाले बिहीबार अपराह्न ४ बजेसम्मका लागि मुख्यमन्त्रीको दाबी पेस गर्ने समय सीमा तोकेका छन् । सो समय सीमाभित्र अन्य कसैको दाबी पर्न सक्ने सम्भावना र समय अगावै नियुक्ति गर्दा कानुनी जटिलता आउन सक्ने भन्दै उनले बिहीबार ४ बजेपछि मात्रै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ गराउने तयारी गरेका हुन् ।
उनलाई एमालेका २५ (उपसभामुख सहित), नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ सांसदले समर्थन गरेका छन् । १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij