Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

रास्वपा बैठकका कारण प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ

रास्वपा बैठकका कारण प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ


  • 456
    Shares

    रास्वपा बैठकका कारण प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको बैठकका कारण सोमबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।

    दिउँसो १ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक रास्वपाको आन्तरिक छलफल नसकिएका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । सभापति लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजेदेखि पार्टीका मन्त्री र सांसदहरूसँग छलफल गरिरहेका छन्।

    पार्टीको बैठक लम्बिने भएपछि रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सभामुख डोलप्रसाद अर्याललाई प्रतिनिधि सभाको बैठक केही समय पर सारिदिन आग्रह गरेका थिए । 

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १४:०६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij