Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँड

कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँड


  • 743
    Shares

    कर्णालीमा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँड
    images

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले)बिच भागबण्डा भएको छ। कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि दुई दलले मन्त्रालय भागवण्डा गरेका हुन्। 

    शाहीले आज बस्ने प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सहमती अनुसार अब कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने छ भने एमालले ३ मन्त्रालय लिने छ।

    सहमती अनुसार नेकपाले भौतिक पूर्वाधार, भूमि र उद्योग मन्त्रालय लिने छ भने एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जनस्रोत तथा ऊर्जा मन्त्रालय लिनेछ।  मुख्यमन्त्री शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले सहमती पत्रमा हस्ताक्षर गरेका छन्। 

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १३:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij