२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाले समर्थन गरेको छ ।
प्रदेश सरकार गठनका लागि राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि एमालेका किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । नेपालको संविधान धारा १६८ को २ बमोजिमको सरकार गठनका लागि ६३ सांसदको समर्थनमा थापाले दाबी पेस गरेका हुन् ।
एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार बनेका थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि बुधबार दाबी पेस गरेका हुन् ।
थापाको दाबी पेसका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम जम्काट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij