Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

हिमालयन लाइफ इन्स्योरेन्सले माग्यो सीईओका लागि आवेदन

हिमालयन लाइफ इन्स्योरेन्सले माग्यो सीईओका लागि आवेदन


  • 1.1K
    Shares

    हिमालयन लाइफ इन्स्योरेन्सले माग्यो सीईओका लागि आवेदन
    images

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त आह्वान गरिएको छ।

    बीमा ऐन उल्लंघन कसुरमा गत जेठ २८ गते तत्कालीन सीईओ कपिलकुमार दाहाल निलम्बनमा परेसँगै हिमालयन लाइफमा सीईओ पद खाली छ। दाहाल निलम्बित अवस्थामै रहेको बेला कम्पनीले नयाँ सीईओका लागि दरखास्त आह्वान गरेको हो। 

    कम्पनीले एक सूचना प्रकाशित गर्दै सीईओका लागि दरखास्त आह्वान गरेको छ। सीईओका लागि म्यानेजमेन्ट, बिजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, इकोनोमिक्स, अकाउन्टिङ र इन्स्योरेन्समा स्नातकोत्तर तह वा सोसरहको शैक्षिक उपाधि मान्यता प्राप्त विश्वविद्यालयबाट हासिल गरेको हुनुपर्नेछ। बीमा कम्पनीमा कम्तीमा ५ वर्ष डीसीईओ वा सीईओका रुपमा कार्य गरेको अनुभव हुनुपर्नेछ।

    यसैगरी जीवन बीमा सञ्चालन, उत्पादन, अन्डरराइटिङ, दाबी, पुनर्बीमा, जोखिम व्यवस्थापन, लगानी, वित्तीय व्यवस्थापनजस्ता विषयमा विशेष दख्खल भएको हुनुपर्नेछ।

    सीईओका लागि नेतृत्वदायी भूमिकासँगै रणनीति बनाउने, निर्णय लिने क्षमता भएको हुनुपर्ने कम्पनीले जनाएको छ।

    योग्य उम्मेदवारले आवश्यक सम्पूर्ण कागजपत्रसहित यही भदौ १० गतेसम्म आवेदन दिनुपर्नेछ। आवेदन recruitment.hli2026@gmail.com  मार्फत दिन सकिनेछ। 

    hli.jpg

     

     

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १२:१६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij