Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै

सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै


  • 673
    Shares

    सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै
    images

    काठमाडौं । आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो ।

    आजको दिन विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस, २०८३ मनाउने राष्ट्रिय सूचना आयोगले जनाइएको छ ।

    विसं २०६४ साउन ५ गते सूचनाको हकसम्बन्धी कानुन संसद्बाट पारित भएको थियो । कानुन पारित भएको ३० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था ऐनमा गरिएकाले २०६४ भदौ ३ गतेदेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको हो ।

    नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकलाई व्यवहारमा उतार्दै यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले कानुन निर्माण गरिएको हो ।

    सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व कायम गर्न तथा सुशासनको प्रत्याभूति गराउन सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

    नागरिकको यस हकको निर्वाध प्रयोगबाट मात्रै मुलुकमा दिगो विकास र जनमुखी शासन प्रणालीको सुदृढीकरण सम्भव हुने आयोगले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

     

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ११:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij