Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

मानव अधिकार पुरस्कारका लागि मन्त्रालयले माग्यो सिफारिस

मानव अधिकार पुरस्कारका लागि मन्त्रालयले माग्यो सिफारिस


  • 862
    Shares

    मानव अधिकार पुरस्कारका लागि मन्त्रालयले माग्यो सिफारिस
    images

    काठमाडौं । सरकारले यस वर्षको ‘मानव अधिकार पुरस्कार’ का लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ । 

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्नका लागि सिफारिस माग गरेको हो।

    नेपाल सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारका लागि योग्य व्यक्ति वा संस्थालाई कुनै पनि व्यक्ति वा संस्थाले सिफारिस गर्न सक्ने मन्त्रालयले जनाएको छ।

    पुरस्कारका लागि इच्छुक व्यक्ति वा संस्थाले ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ र ‘मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८’ बमोजिम आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र सिफारिस पठाउनुपर्नेछ। 

    सिफारिस गर्दा कार्यविधिको अनुसूचीमा उल्लेखित ढाँचामा विवरण भरेर सिधै मन्त्रालयमा वा मन्त्रालयको इमेलमा infolaw@moljpa.gov.np  पठाउन सकिने सूचनामा उल्लेख छ।

    capture1_ESJ50oASZX.png

     

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ११:०६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij