Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

गोली लागेको अवस्थामा मृत भेटिए एक पुरुष

गोली लागेको अवस्थामा मृत भेटिए एक पुरुष


  • 1.2K
    Shares

    गोली लागेको अवस्थामा मृत भेटिए एक पुरुष
    images

    काठमाडौं । कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेका छन् ।

    प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुराँस सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ ।

    इलाका प्रहरी कार्यालय सडकपुर बौनियाकाअनुसार उनको देब्रे हातको छातीतर्फको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको छ ।

    प्रहरीले घटनास्थलमा भेटिएको भरुवा बन्दुक बरामद गरी घटनाबारे थप अनुसन्धान गरिहेको छ ।

    वडाध्यक्ष मनऋषि आचार्यकाअनुसार उनी सिकार खेल्न जंगल गएको बुझिएको छ । विश्वकर्मा एक्लै थिए वा साथमा अन्य व्यक्ति पनि गएका थिए रु भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।

    मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियाकै दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १०:४६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij