Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सामुदायिक वनमा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, सँगै गएका शिकारी पक्राउ

सामुदायिक वनमा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, सँगै गएका शिकारी पक्राउ


  • 330
    Shares

    सामुदायिक वनमा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, सँगै गएका शिकारी पक्राउ
    images

    काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। 

    मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय पदम विश्वकर्मा रहेका छन्। इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया–३ का विश्वकर्माको गएराति सामुदायिक वनभित्र बन्दुक पड्किँदा उनको मृत्यु भएको हो।

    उनी राति वन्यजन्तुको शिकार गर्न जंगल गएको अनुमान प्रहरीले गरेको छ। विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको विष्टले जानकारी दिए। 

    प्रहरी निरीक्षक विष्टले भने, ‘बन्दुक कसले किन चलायो खुलेको छैन। विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने पनि यकीन हुन बाँकी छ।’

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १०:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij