Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

मिटरब्याज र सहकारी पीडितको धर्नास्थल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

मिटरब्याज र सहकारी पीडितको धर्नास्थल पुगिन् पूर्वराष्ट्रपति भण्डारी


  • 1.2K
    Shares

    मिटरब्याज र सहकारी पीडितको धर्नास्थल पुगिन् पूर्वराष्ट्रपति भण्डारी
    images

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका मिटरब्याज, सहकारी, लघुवित्त, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पीडितहरूसँग भेट गरेकी छन्।

    समस्या समाधानको माग राख्दै धर्नामा बसेका पीडितहरूको अवस्था बुझ्न पूर्वराष्ट्रपति भण्डारी मंगलबार पुल्चोक पुगेकी हुन्। उनले पीडितहरूसँग उनीहरूका समस्या र मागबारे जानकारी लिँदै चासो व्यक्त गरेकी छन्।

    मधेसका विभिन्न जिल्लाबाट पैदल मार्च गर्दै काठमाडौं आइपुगेका पीडितहरूले साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। त्यसपछि उनीहरूले आयोगको कार्यालयबाहिर निरन्तर धर्ना दिँदै आएका छन्।

    धर्नाको पाँचौँ दिन पनि पीडितहरू आफ्ना माग समेटिएका प्लेकार्डसहित न्यायको माग गर्दै पुल्चोकमा बसेका थिए।

    वर्षौँदेखि मिटरब्याज, सहकारी तथा लघुवित्तको ऋण समस्यामा परेका र आवासविहीन अवस्थाबाट गुज्रिरहेका नागरिकहरूले सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्ने माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।  

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १७:३६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij