Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

त्रिविको एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा शिक्षकसहित ७ जनाविरुद्ध मुद्दा दायर

त्रिविको एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा शिक्षकसहित ७ जनाविरुद्ध मुद्दा दायर


  • 736
    Shares

    त्रिविको एमबीएस प्रश्नपत्र बाहिरिएको घटनामा शिक्षकसहित ७ जनाविरुद्ध मुद्दा दायर
    images

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै र परीक्षाको समयमा बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उक्त अभियोग पत्र दायर गरेको हो ।

    यस प्रकरणमा मुख्य अभियुक्तको रूपमा भक्तपुरको मध्यपुर थिमि बस्ने ३३ वर्षीय सन्दीप सिंह रहेका छन् । सिंह बागबजारस्थित केएमसी कलेज र कोटेश्वरस्थित हिमालय कलेजमा वित्त विषयका शिक्षक हुन् ।

    उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ । अभियुक्तमध्ये कतिपय अझै फरार रहेका छन् ।

    २०८३ साउन ६ गते सञ्चालित म्यानेजमेन्ट-५१५ र साउन ८ गतेको स्टाटिस्टिकल मेथड्सु एमबीएस प्रथम सेमेष्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा छरपस्ट भएको थियो । 

    प्रहरीसँग बयान दिने क्रममा विद्यार्थी अब्दुलले आफूले परीक्षा हलभित्र बसेरै प्रश्नपत्र ह्वाट्सएपमा पठाएको स्वीकारेका छन् । 

    आफूले फोटो पठाएको केही समयपछि अर्को प्रयोगकर्ताले समेत प्रश्नपत्र पठाएको उनले खुलाएका छन् । प्रहरीले यो घटनामा सुलभ सर भनिने सन्दीप सिंहलाई ९ साउनमै पक्राउ गरेको थियो । उनी विद्यार्थीलाई अनलाइनमार्फत तयारी कक्षासमेत लिँदै आएका थिए ।

    त्रिवि व्यवस्थापन संकायको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा शिक्षक सन्दीप सिंहले नै सुलभ सर को नामबाट ह्वाट्सएप ग्रुपहरू बनाएर करिब १ हजार विद्यार्थीलाई जोडेको र प्रश्नपत्र बाहिर पुर्‍याएको पुष्टि भएको छ । 

    सिंहको साथबाट बरामद गरिएको एसर  कम्पनीको ल्यापटप र सामसुङ मोबाइलको प्राविधिक परीक्षण गर्दा प्रश्नपत्रको फोटो खिचेर अपलोड गरेका प्रमाणहरू, च्याट हिस्ट्री र पीडीएफ फाइलहरू फेला परेका छन् ।

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १६:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij