Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

बागमती एमालेमा सहमति : थपलिया दल नेता कायमै, किरण थापा मुख्यमन्त्री बन्ने तयारी

बागमती एमालेमा सहमति : थपलिया दल नेता कायमै, किरण थापा मुख्यमन्त्री बन्ने तयारी


  • 568
    Shares

    बागमती एमालेमा सहमति : थपलिया दल नेता कायमै, किरण थापा मुख्यमन्त्री बन्ने तयारी
    images

    काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी भएको छ। 

    प्रदेश सभा संसदीय दलको बैठकअघि नेताहरूबिच भएको छलफलमा मध्यमार्गी बाटो खोज्दै यसमा सहमति गर्ने तयारी भएको हो। सहमति लगत्तै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी छ। सहमति जुटाउन नेताहरू मङ्गलबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए। 

    एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराईसहितको उपस्थितिमा संसदीय दलको नेता तथा भावी मुख्यमन्त्री चयन गर्ने सवालमा छलफल भएको हो। 

    हेटौँडामा बस्नेत, भट्टराईले प्रदेश सभा सदस्य एवं मुख्यमन्त्री पदका आकाङ्क्षी किरण थापा, संसदीय दलका नेता जगन्नाथ थपलिया९जेएन०सहितसँग छलफल गरी सहमतिमै निकास खोज्ने प्रयास गरेका हुन्। 

    एमाले नेता केशव पोखरेलले थपलियालाई दलको नेता कायमै राखेर थापालाई मुख्यमन्त्री बनाउने सहमति हुन लागेको जानकारी दिए।

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १४:५७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij