Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

जनकवि दुर्गालाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली

जनकवि दुर्गालाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली


  • 1.1K
    Shares

    जनकवि दुर्गालाल श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली
    images

    काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं महानगरपालिका–१५ स्थित नेवाः मङ्का छँय् राखिएको छ। ९३ वर्षीय श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। 

    पछिल्लो समय अस्वस्थ रहेका श्रेष्ठको निधन घरमै भएको नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लले जानकारी दिएका छन्। श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। 

    उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत साहित्यका विभिन्न विधामा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’ को उपाधिबाट सम्मान गरेको थियो। 

     

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १४:२६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij