Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

कोशीका मुख्यमन्त्री कार्कीले भदौ ५ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले भदौ ५ गते विश्वासको मत लिने


  • 659
    Shares

    कोशीका मुख्यमन्त्री कार्कीले भदौ ५ गते विश्वासको मत लिने
    images

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिएका हुन् ।

    सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए ।

    बुधबार संसदीय दलको बैठक बसेर यसबारे आधिकारिक निर्णय गरिने कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले बताए । थापाका अनुसार मुख्यमन्त्रीले विश्वासको मतका लागि आग्रह गरिसकेका छन् ।

    यद्यपि, दलका उपनेता हिमाल कार्कीले भने भोलि बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्न सक्ने बताएका छन् । मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    गएको साउन ९ गते भएको एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेकपा सोमबार कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ । 

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १४:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij