Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सम्पत्ति छानबिन आयोग विवादमा सर्वोच्चमा दुई रिट

सम्पत्ति छानबिन आयोग विवादमा सर्वोच्चमा दुई रिट


  • 666
    Shares

    सम्पत्ति छानबिन आयोग विवादमा सर्वोच्चमा दुई रिट
    images

    काठमाडौं । सम्पत्ति छानबिन आयोगसँग जोडिएका विवादमा सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन पेस भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवालले आयोगविरुद्धका मुद्दालाई संवैधानिक इजलासमा पठाउने सर्वोच्च अदालत प्रशासन र प्रधानन्यायाधीशको प्रशासनिक निर्णयविरुद्ध रिट निवेदन दायर गरेका हुन्।

    सिलवालले गत असारमा सर्वोच्च अदालतको संयुक्त इजलासले नै उक्त मुद्दालाई तीन सदस्यीय पूर्ण इजलासमा पठाउने आदेश गरेको अवस्थामा अदालत प्रशासनले त्यसविपरीत संवैधानिक इजलासमा पठाउनु गलत भएको दाबी गरेका छन्।

    उनी आफैं पनि सम्पत्ति छानबिन आयोगविरुद्ध दायर रिट निवेदकमध्ये एक हुन्।

    यसैगरी, अधिवक्ता सिलवालले संवैधानिक इजलास गठन प्रक्रियालाई लिएर अर्को रिट निवेदन पनि पेस गरेका छन्। उनले वरिष्ठता वा गोला प्रक्रियाका आधारमा मात्रै संवैधानिक इजलास गठन गर्नुपर्ने माग गरेका छन्।

    केही सातायता प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूअनुकूल चार न्यायाधीश चयन गरी संवैधानिक इजलास गठन गरेको आरोप लगाउँदै सिलवालले वरिष्ठता वा गोलाप्रथाबाट इजलास गठन हुनुपर्ने माग गरेका हुन्।

    अधिवक्ता सिलवालका अनुसार उनले पेस गरेका दुवै निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता नगरी रोकिराखेको बताएका छन्। उनले दर्ता गर्न नमिल्ने भए दरपिठ आदेश जारी गर्न आग्रह गरे पनि त्यसमा समेत निर्णय नभएको दाबी गरेका छन्।

    सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दा र संवैधानिक इजलास गठन प्रक्रियालाई लिएर उठेको विवादले सर्वोच्च अदालतभित्रको प्रशासनिक निर्णयमाथि थप प्रश्न खडा गरेको छ।

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १४:०८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij