Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सुनसरी–सिरहा घटनाबारे समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी–सिरहा घटनाबारे समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन


  • 561
    Shares

    सुनसरी–सिरहा घटनाबारे समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
    images

    काठमाडौं । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ । 

    देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो । 

    कप्तानगञ्जमा भएको झडपमा ३ जनाको मृत्यु भएको थियो । सुनसरीमा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताले ज्यान गुमाएका थिए ।

    सिरहाको गोलबजारमा साउन १४ मा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सरकारले छुट्टाछुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो । 

    दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।  

    कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सह सचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो । 

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १३:३१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij