Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग

वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग


  • 1.1K
    Shares

    वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानका लागि संसदीय छानबिन समिति गठन गर्न माग
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

    मंगलवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अवस्था दयनीय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । बैठकमा बोल्दै सांसद शाहीले नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले थामिएको भएपनि राज्यले श्रमिकहरूको पीडाप्रति आँखा चिम्लेको आरोप लगाए । 

    हालसम्म झन्डै २१ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको बताउँदै उनले सोही रकमबाट राज्य सञ्चालन भइरहेको तर श्रमिकहरूको जीवन र अधिकार भने असुरक्षित रहेको बताए । 

    शाहीले भने, ‘नेपालबाट श्रम स्वीकृति लिएर र नलिई वैदेशिक रोजगारीमा जानेको संख्या झन्डै एक करोड पुग्न लागेको छ । तर उनीहरू विदेशमा ठगिएका छन्, अलपत्र परेका छन् र सम्झौता अनुसारको काम र तलब नपाउँदा मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य छन् ।’

    सांसद शाहीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरूको संख्या भयावह रहेको उल्लेख गर्दै हालसम्म १६ हजार ७ सय ६० नेपालीको शव बाकसमा फर्किएको जानकारी दिए। उनले जापानको उदाहरण दिँदै पछिल्लो एक वर्षमा त्यहाँ मृत्यु भएका ७३ नेपालीमध्ये २८ जनाले आत्महत्या गरेको बताए । कन्सल्टेन्सी र गिरोहले कुकिङ र विद्यार्थी भिसाका नाममा मोटो रकम असुल गरी युवाहरूलाई विदेशमा अलपत्र पारेका कारण यस्तो अवस्था सिर्जना भएको उनको दाबी छ ।

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १३:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij