Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

प्रधानमन्त्री बालेन र भारतीय सेनाप्रमुखबीच आज भेट हुँदै

प्रधानमन्त्री बालेन र भारतीय सेनाप्रमुखबीच आज भेट हुँदै


  • 652
    Shares

    प्रधानमन्त्री बालेन र भारतीय सेनाप्रमुखबीच आज भेट हुँदै
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने हो ।

    भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

    साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए ।

    प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् ।

    आज प्रधानमन्त्री शाहलाई भेटेर उनी भोलि बुधबार फर्किने छन् । 

     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १०:४२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij