Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

एनसेल र बीवाईडी नेपालबीच साझेदारी

एनसेल र बीवाईडी नेपालबीच साझेदारी


  • 1.1K
    Shares

    एनसेल र बीवाईडी नेपालबीच साझेदारी
    images

    काठमाडौं । नेपालमा बिक्री हुने बीवाईडीका सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गर्ने गरी दुई कम्पनीबीच साझेदारी भएको छ। 

    नेपालमा कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि एनसेल र बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कसँग सम्झौता भएको हो।

    साझेदारी अनुसार बीवाईडीका प्रत्येक नयाँ सवारी साधनमा एनसेलको आईओटी सिम जडित हुनेछ। यसबाट ग्राहकले गाडीभित्रै अतिरिक्त उपकरण, वाई(फाई हटस्पट वा फोन कनेक्ट नगरी अनलाइन सेवा तथा डिजिटल मनोरञ्जनको उपभोग गर्न सक्नेछन्। सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओके जस्ता इन्फोटेनमेन्ट सुविधा तथा बीवाईडी एप इकोसिस्टम प्रयोग गर्न सकिनेछ।

    आईओटी सेवासम्बन्धी साझेदारीले बीवाईडीका गाडीमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिने एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बताए। 

    बीवाईडी एप र लोकप्रिय इन्फोटेनमेन्ट सेवाका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी दिइएकाले बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भर रहनु नपर्ने उनको भनाइ छ। लोकल नेटवर्कमा कनेक्ट हुँदा बाटोमा वा ट्राफिकमा अड्किएको अवस्थामा पनि भरपर्दो नेभिगेसन सुनिश्चित हुने दत्ताले उल्लेख गरे।

    यो सुविधा नयाँका साथै पुराना ग्राहकका लागि पनि उपलब्ध हुनेछ। पुराना बीवाईडी सवारी धनीले देशभरका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा गएर एनसेल आईओटी सिम जडान गरी सेवा लिन सक्नेछन्। ग्राहक अनुसारको कनेक्टिभिटी प्लान, भ्यालिडिटी र शुल्क विवरण सवारी साधन वा सेवा प्याकेजमा आधारित हुनेछ।

     

     

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १०:३६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij