Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

प्रतिनिधिसभाको बैठक आज बस्दै, चार मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, चार मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची


  • 1.5K
    Shares

    प्रतिनिधिसभाको बैठक आज बस्दै, चार मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

    बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।

    यस्तै प्रधानमन्त्री बालेन शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन– २०८२ असार) पेस गर्नेछिन् । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताववि प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, कानुनमन्त्री गौतमले नै ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्नेछिन् ।

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - ०८:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij