Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल

नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल


  • 932
    Shares

    नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल
    images

    काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो शो संयोजक अनुपकुमार बरालले नाइमा अटो शोलाई आफूहरुको कपी भएको दाबी गरेका छन् ।

    नाडाले १८ औं शोको आयोजना गरिरहेकाले आफूहरुले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताए । ‘कसैले विचमा अटो शो गर्छ भने त्यो रोक्न सकिदैन् । तर नाडा आफ्नै फ्लोमा काम गरिरहेको छ । नाडा अटो शो इज जेनियुन हो, नाइमा अटो शो नाडाको कपी हो,’ उनले ।

    नाडा देशभर फैलिएको, सातै प्रदेशमा शाखा भएको देशभर २८ सय सदस्य भएको संस्था भएकाले कुनै संस्थासँग तुलना गरिरहनु जरुरी नभएको औंल्याए । 

    नाडा अन्तर्गत रहेका कम्पनीहरुले नेपालको अर्थतन्त्र र राजश्वमा २२ देखि २५ प्रतिशत योगदान रहेको दाबी गर्दै एकलाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताए ।

    ‘नाडा अटो शो २०२६’ आगामी भदौ ( देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुँदैछ । अटो शोको तयारीबारे जानकारी दिन आयोजित सोमबार आयोजित पत्रकार सम्मेलनमा वरालले तयारी धमाधम भइरहेको जानकारी दिए । 

    नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।

    यसअघि नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याचरर्स एशोसिएसन (नाइमा) ले दोस्रो संस्करणको ६ दिने ‘नाइमा नेपाल मोविलिटी एक्स्पो–२०२६’ को समापन भएको थियो । 

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - ०७:५४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij