Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

मौसम पूर्वानुमान

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

आज यी प्रदेशमा हुनेछ भारी वर्षा


  • 883
    Shares

    आज यी प्रदेशमा हुनेछ भारी वर्षा
    images

    काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    राति कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    पहाडी भूभागका धेरै स्थानमा तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

    कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

    विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    कोसी, मधेस, पाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । 
     
    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - ०६:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij