Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

मदन दहाललाई १५ लाख धरौटीमा छाड्न आदेश

मदन दहाललाई १५ लाख धरौटीमा छाड्न आदेश


  • 1.0K
    Shares

    मदन दहाललाई १५ लाख धरौटीमा छाड्न आदेश
    images

    काठमाडौं । विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । 

    सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका दाहाललाई विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार धरौटीमा छाड्ने आदेश दिएको हो ।

    अख्तियार र सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्र अनुसार दाहालले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहँदा पदीय दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको रकम नियम विपरीत नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानी गर्न लगाएका थिए । उनले एउटै कम्पनीमा ६० प्रतिशतभन्दा बढी लगानी केन्द्रित गरी पम्पिङ र डम्पिङ गर्ने कार्यलाई सहयोग पुर्‍याएको आरोप छ ।

     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालविरुद्ध बिगो ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १ सय ९२ रूपैयाँको आधा सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।

     

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १७:५४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij