२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको हो।
मतदान प्रक्रिया सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरेका हुन्।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालका सांसदहरूले विश्वासको मत दिएका छन्। त्यस्तै नेपाली काङ्ग्रेस र जनमत पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मतदान प्रक्रियामा तटस्थ बसेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij