२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ र प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ । उनीहरूबिच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटघाटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । आजै भारतीय सेनाध्यक्ष सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लिएका छन् ।
नेपालले भारत र भारतले नेपालका प्रधानसेनापतिलाई मानार्थ प्रदान गर्ने चलन छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij