२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले कोशी प्रदेश सरकारमा जाने चार जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम टुङ्ग्याएको छ । मन्त्रीमा इलामकी खिनु लङ्वा लिम्बू, मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीको नाम टुङ्गिएको नेकपाका एक नेताले बताएका छन् ।
नेकपाबाट सरकारको नेतृत्व खिनु लङ्वा लिम्बूले गर्ने भएकी छिन् । नेकपा कोशी इन्चार्ज राजेन्द्र राई, दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्क नेम्वाङको संयुक्त बैठकले नामको टुङ्गो लगाएको हो ।
यसैबिच नेकपाले ती मन्त्रीहरूले पाउने मन्त्रालयको पनि टुङ्गो लगाएको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच तीन मन्त्रालयका विषयमा सहमति जुटेको थियो । जसमा नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने टुङ्गो लागेको छ ।
नेकपाले पर्यटन, वन तथा वातावरण मन्त्रालयमा खिनु लङ्वा लिम्बू, सामाजिक विकास मन्त्रालयमा गीता तिम्सिना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा जीवन आचार्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गोम्बु शेर्पालाई पठाउने भएको छ । राज्यमन्त्री दर्जीलाई कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा टुङ्गो नलागेको नेताहरूले बताएका छन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथग्रहणको लागि आज दिउँसो ४ बजेका लागि प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij