Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ


  • 1.1K
    Shares

    त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा ५४ वर्षीया जननी बज्राचार्य र ३५ वर्षीया ममता पाण्डे रहेका छिन् । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले बताएका छन् । 

    तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर उनीहरू मलेसिया जान लागेको भेटिएको छ । राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा लैजान पाइँदैन । 

    प्रहरीले बज्राचार्यको साथबाट १२ हजार ३ सय ७२ मलेसियन रिंगेट र ४ हजार ३ सय अमेरिकी डलर बरामद गरेको छ । पाण्डेको साथबाट प्रहरीले ४२ सय अमेरिकी डलर र १२ हजार ३२८  रिंगेट बरामद गरेको छ ।

     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १४:०४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij