Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

सभामुखको रुलिङपछि संसद् सुचारु, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिनुपर्ने

सभामुखको रुलिङपछि संसद् सुचारु, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिनुपर्ने


  • 1.2K
    Shares

    सभामुखको रुलिङपछि संसद् सुचारु, प्रधानमन्त्री शाहले सांसदका प्रश्नको जवाफ दिनुपर्ने
    images

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेसँगै विपक्षी दलहरूले सदनको आन्दोलन रोकेका छन्।

    लामो समयदेखि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा उत्रिँदै आएका विपक्षी दलहरू सभामुखको निर्देशनपछि सोमबारबाट सदन सुचारु गर्न सहमत भएका हुन्।

    प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। सोही समयदेखि नै विपक्षी दलहरूले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने वा स्पष्टीकरण दिनुपर्ने माग गर्दै सदनमा अवरोध गर्दै आएका थिए।

    सोमबारको बैठक सुरु हुनासाथ नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आ(आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। 

    विपक्षी दलहरूको लगातारको विरोधपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ अनुरूप प्रधानमन्त्रीलाई सांसदका प्रश्नहरूको जवाफ दिन रुलिङ गरेका छन्।

     

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १४:०१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij