Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको २५ दिने हस्ताक्षर अभियान सुरु, तस्बिरहरू

विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको २५ दिने हस्ताक्षर अभियान सुरु, तस्बिरहरू


  • 1.4K
    Shares

    विद्युत् महसुलमा भ्याटविरुद्ध उज्यालो युवा फ्रन्टको २५ दिने हस्ताक्षर अभियान सुरु,  तस्बिरहरू
    images

    काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी समर्थित युवा सङ्गठन राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपालले सर्वसाधारण उपभोक्ताको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ ।

    नेपाल विद्युत् प्राधिकरणले उद्योगी तथा व्यवसायीबाट असुल गर्न बाँकी रहेको डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता रकम नउठाई सर्वसाधारण उपभोक्तामाथि थप भार पार्ने गरी भ्याट लगाइएको भन्दै सङ्गठनले अभियान थालेको जनाएको छ ।

    सङ्गठनका केन्द्रीय अध्यक्ष राजकुमार मैनालीका अनुसार अभियानमा सहभागी हुन प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरूलाई परिपत्र गरिएको छ । उनले भदौ १ गतेदेखि २५ गतेसम्म २५ दिने कार्यतालिका बनाएर अभियान सञ्चालन गरिएको जानकारी दिए ।

    कार्यतालिका अनुसार भदौ १ गते काठमाडौंको माइतीघर मण्डलाबाट अभियानको औपचारिक सुरुवात गरिएको छ । भदौ २४ गतेसम्म माइतीघरमा निरन्तर हस्ताक्षर सङ्कलन गरिनेछ भने भदौ २ गतेदेखि देशभरका प्रदेश, जिल्ला र स्थानीय तहमा समेत समानान्तर रूपमा अभियान सञ्चालन गरिनेछ ।

    अभियानअन्तर्गत भदौ २० गते स्थानीय तह कमिटीको नेतृत्वमा स्थानीय सरकारमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइनेछ । त्यस्तै भदौ २२ गते जिल्ला कमिटीमार्फत जिल्ला प्रशासन कार्यालय र भदौ २३ गते प्रदेश कमिटीमार्फत मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

    अभियानको अन्तिम दिन भदौ २५ गते सङ्कलित हस्ताक्षरसहित केन्द्रीय समितिको नेतृत्वमा ऊर्जा मन्त्रालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइने र २५ दिने अभियान सम्पन्न गरिने सङ्गठनले जनाएको छ ।  

    u1.JPG

    u2.JPG

    u3.JPG

    u4.JPG

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १३:५३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij