Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

कोशी सरकारमा नेकपाले पायो तीन मन्त्रालय, तीन मन्त्रीको नाम टुङ्गो

कोशी सरकारमा नेकपाले पायो तीन मन्त्रालय, तीन मन्त्रीको नाम टुङ्गो


  • 1.6K
    Shares

    कोशी सरकारमा नेकपाले पायो तीन मन्त्रालय, तीन मन्त्रीको नाम टुङ्गो
    images

    काठमाडौं । कोशी प्रदेश सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पाउने तीन मन्त्रालयको टुङ्गो लागेको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच तीन मन्त्रालयका विषयमा सहमति जुटेको हो । 

    जसमा नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने टुङ्गो लागेको छ ।

    यस्तै,आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा नेकपाले दाबी गरेको छ । एमालेले भने उद्योग, कृषि तथा सहकारी मन्त्रालय लिन आग्रह गरेको छ । दलका नेता आङ्बोले आफूहरूले माग गरेको आन्तरिक मामिला मन्त्रालयमा सहमति जुट्न नसकेको बताए । नेकपाले ४ मन्त्रालय पाउने दुई पार्टीबिच यसअघि नै सहमति भएको छ ।

    यसैबिच, नेकपाले तीन जना मन्त्री र एक राज्यमन्त्रीको नाम टुङ्ग्याएको स्रोतले बताएको छ । जसमा मोरङका जीवन आचार्य, सोलुखुम्बुका गोम्बु शेर्पा र इलामकी खिनु लङ्वा लिम्बू रहेका छन् ।

     

     

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १३:४४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij