२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत नदिने भएको छ ।
नेकपा बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय भएको छ ।
एमालेसँगको गठबन्धनमा नेकपाले सरकार गठनका लागि आवश्यक अङ्कगणित पुर्याउन पहल गर्ने बैठकको निर्णय भएको उनले बताएका छन् ।
गत साउन ९ गते नेकपा र एमालेले सत्ता साझेदारी गर्दै सरकार गठनको तयारी गरेका थिए । एमालेको नेतृत्वमा सरकार गठनमा अग्रसर रहेको उक्त बाम गठबन्धनलाई संसदीय अङ्क गणित निकै चुनौतीपूर्ण बनिरहेको छ । १०४ सदस्यीय मौजुदा संसदमा एमालेलाई सरकार गठनका लागि ५३ सांसद आवश्यक रहन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij